मुआब्जाको टुुङ्गो लागेसंगै योजनाको काम अगाडि बढ्ने

जगदीश रोकाया
बझाङ, १० चैत्र : आयोजना स्थलमा उपयोग र क्षति हुने जमिनको मुअब्जाको कुरा नमिल्दा सेती नदी ३ जल विद्युत आयोजनाको काम अगाडि बढ्ने वा नबढ्ने भन्ने बारे अन्यौल भएको बेला दुवै पक्ष बीच अगाडि बढाउने सहमती भएको छ ।
सदरमुकाम चैनपुरमा आयोजना संचालन गर्ने टिमका कर्मचारी प्रभावित क्षेत्रका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी सहित मुुअब्जा निर्धाण समितिका पदाधिकारी सहितको बैठक बसेर मुअब्जाको बारे टुंग्गो लागेपछि आयोजनाको काम अगाडि बढ्ने भएको आयोजनाका कर्मचारी विमल खड्काले जानकारी दिए ।
उनका अनुसार ८७ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको वातावरण प्रभाव मुल्याड्कनको सार्वजनिक सुनुवाइको काम सकिएपछि जग्गा जमीनको मुअव्जा दिने कुरामा प्रभावित क्षेत्रका जनता र हाम्रो विच कुरा नमिलेको हुदाँ केहि दिन यो आयोजना अन्यौलमा परको थियो । तर, अहिले दुवै पक्ष सहमत भएपछि आयोजनाको काम अब अगाडि बढ्ने छ ।
आयोजनाको लागी उपयोग र क्षति हुने जमिनको दुवै पक्ष बीच सहमती हुदाँ खेत जमिनको अब्बल प्रतिरोपनी २५ लाख दोयम खेतको २२ लाख सिम खेतको १९ लाख र चाहार खेतको १६ लाख मुअव्जा दिने लिने सहमत भएको छ । यसका साथै पाखो जमिनको प्रतिरोपनी अब्बल १९ लाख दोयम १६ लाख ५० हजार सिम १४ लाख ४० हजार र चाहारको ११ लाख ५० हजार मुअव्जा दिने सहमत भएपछि यो आयोजनाको अन्यौल हटेर अब काम अगाडि बड्ने भएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने भएको यो आयोजना बझाड सदरमुकाम चैनपुर नजिकै पानकोट नजिकै बाँध निर्माण गरि गोलाइमा पोखरी निर्माण गरि ४ किलो मिटर सुरुङ मार्फत सुतीयामा भुमीगत विद्युत गृह निर्माण हुने भएको छ । यो आयोजनाका लागी १९ अर्ब लगानी हुने वताएको छ । जमिनको मुअव्जा दिनेकाम सकिएपछि आयोजनाको अन्यकाम अगाडी बड्ने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.