अत्तरिया : सुदूरपश्चिम प्रदेशको केन्द्र बिन्दु गोदावरी नगरपालिका अत्तरियामा कन्सर्ट हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गतेका दिन जन्मथली मञ्च सुदूरपश्चिम र क्युरिक्स डान्स स्टुडियो अत्तरियाको आयोजनामा कन्सर्ट कार्यक्रम हुने भएको हो ।
शनिबार आयोजक टिमले पत्रकार सम्मेलन गरी ‘विविधता एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो सान’ शीर्षकका साथ जन्मथली मञ्च सुदूरपश्चिमको सार्वजनिकरण समेत गरेसंगै नयाँ वर्षमा उक्त कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा स्थानीय कला संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ जन्मथली मञ्च सुदूपश्चिम र क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजना वृहत साङ्गितिक कार्यक्रम कन्सर्ट हुने भएको आयोजकले जनाएको छ ।
नयाँ बर्षमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा लोकप्रिय चर्चित गायक चक्र बमद्वारा साङ्गितिक प्रस्तुति हुने, साहित्य, नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा जन्मथली मञ्चले सुदूरपश्चिम भित्र रहेका कला संस्कृतिहरुलाई सुदूरपस्चिममै मात्र नभएर देश विदेश भरी चिनाउने उद्देश्यका साथ स्थापना गरेको जन्म थली मञ्चका सचिव खेम भट्ट (बतास) ले बताए । उनले स्थानीय कला संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ यस जन्मथली मञ्च सुदूरपश्चिमको सुरुवात गरेको बताए । कार्यक्रममा प्रमूख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमूख शारदादेवी रोकायाले विदेशी संस्कृति आइरहेको यस्तो युगमा जुन यो जन्मथली मञ्च सुदूरपश्चिम गठन गर्नु भएकोमा तदर्थ समितिलाई धन्यबाद दिदै कला संस्कृति,भेषभुषा जगेर्ना गर्न मञ्चको अहम भुमिका रहने बताइन् । उनले यस प्रदेशमा ९ वटै जिल्लामा रहेका आदिवासी जनजाति, राना, चौधरी समुदाय, मगरसंघ साथै महिला कलाकारहरुको प्रस्तुति संस्कृतिहरुलाई यस मञ्चमा समेट्न आग्रह गरे ।
यस्तै कार्यक्रममा विशिष्ठ अतिथि गोदावरी नगपालिका नगर प्रवक्ता गोपाल दत्त भट्टले जन्मथली मञ्च सुदूरपश्चिमको सार्वजनिक गरिएकोमा उत्तरोत्तरप्रगतीको कामना तथा धन्यबाद ज्ञापन गरे । उनले सुदूरपश्चिमका विभिन्न लुकेका सांस्कृतिक, लोक देउडा, थारु समुदायको संस्कृति, कलाहरुलाई यस मञ्चले उजागर गर्ने बताए । कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरले जन्मथली मञ्च सुदूरपश्चिमको सार्वजनिकरण सुदूरपश्चिमको कला संस्कृतिहरुलाई जगेर्ना गर्न निम्ति सदैब साथ दिने साथै देश विदेशमा प्रभावकारी बन्ने सल्लाह सुझाव समेत राखेका थिए ।
जन्मथली मञ्च सुदूरपश्चिमका तदर्थ समिति अध्यक्ष चक्र बम को सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमूख शारदा देवी रोकाया थिईन । कार्यक्रममा संघ सस्थाका पदाधिकारी प्रतिनिधिहरु, नगर भित्र रहेका वडाध्यक्षहरु, कलाप्रेमी, बुद्धिजिवी, समाजसेबी, साहित्यकारहरुको सहभागिता रहेको थियो ।