नव गायक दीपक राज जोशीको ‘निष्ठुरीको माया’ सार्वजनिक

प्रकाश भट्ट
कञ्चनपुर : बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ०१ रिमका नव गायक दीपक राज जोशीको नयाँ गीत सार्वजनिक भएको छ। दीपक राज जोशी (रुबसी) को र प्रभास पन्तको लय÷शब्द रहेको ‘ निष्ठुरीको माया ‘ बोलको उक्त गीत अलिशा रेकर्डिङ स्टुडियोले रिकर्ड गरेको हो। गीतको भिडियो तपेन्द्र तिवारीले छायांकन गरेका छन् भने गीतमा गायक दीपक राज जोशी, प्रभास पन्त र सरिता जोशीको अभिनय रहेको छ। सँगै घरबार गर्ने बाचा तोडिएको र अहिले समाजमा भएको प्रेम जोडीको कथालाई गीतले सम्बोधन गर्ने प्रयास गरेको छ। गायक जोशीले अझै गायन क्षेत्रमा निरन्तरता दिने समेत बताएका छन्। उनले भने ‘यो मेरो पहिलो सुरुवात हो, कलालाई भर्खरै अँगाल्न सिकेको छु आफू रहुन्जेल गायन क्षेत्रमा लागिरहने छु।’ सानै देखि गीत सङ्गीतका क्षेत्रमा रुचि भएका गायक जोशीले आफ्नो पहिलो गीत दर्शकमाझ ल्याउन पाउँदा खुसी महसुस भएको समेत बताएका छन्।

उक्त गीत सुदूरपश्चिमको कला, साहित्य, संस्कृति, तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत संगीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आएका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वान बाट सार्वजनिक भएको हो। कलौनी र भट्टले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदुरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, देउडा खेलहरू लामो समयदेखि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरको संस्कृति बारे ज्ञान दिँदै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.