एसइईको परीक्षाको तयारी : सुदूरपश्चिममा ५५ हजार बढी विद्यार्थी सहभागि हुँदै

अत्तरिया : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थीहरु सहभागि हुँदै छन् । आउँदो शुक्रबार देखि एसइईको परीक्षा सञ्चालन हुँदैछ ।
शिक्षा विकास निर्देशनालय दीपायल डोटीको तथ्यांकअनुसार एसइईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी हुने भएका हुन् । शिक्षा विकास निर्देशनालय दीपालय डोटीका शिक्षा निर्देशक दुर्गादत्त विष्टले प्रदेशका नौवटै जिल्लामा सञ्चालित हुने एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार दुई सय आठ परीक्षा केन्द्र तय भएका छन् । साधारण नियमित, ग्रेड वृद्धि र प्राविधिक धारतर्फका विद्यार्थी सहभागी हुन लागेका छन् ।
नियमित साधारण धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन्। सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ७२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।
१२ केन्द्र रहेको डोटीमा तीन हजार सात सय ७२, १५ केन्द्र रहेको बाजुरामा तीन हजार एक सय ६३, १८ केन्द्र रहेको बझाङमा चार हजार चार सय, २४ केन्द्र रहेको अछाममा पाँच हजार ७३, १६ केन्द्र रहेको दार्चुलामा दुई हजार नौ सय ७१, २५ केन्द्र रहेको बैतडीमा पाँच हजार तीन सय ५१, ३३ केन्द्र रहेको कञ्चनपुरमा १० हजार दुई सय १५ विद्यार्थी छन् । क्रमशः नियमित, ग्रेडवृद्धि र प्राविधिक धारतर्फ कैलालीमा १६ हजार ६ सय ३०, सात सय दुई र चार सय १०, डोटीमा तीन हजार पाँच सय ३५, ६२ र एक सय ७५, बाजुरामा दुई हजार नौ सय ५४, ८७ र एक सय २२, बझाङमा चार हजार ३९, १९ र तीन सय सय ४२, अछाममा चार हजार आठ सय ८५, ४७ र एक सय ४१, दार्चुलामा दुई हजार सात सय ५०, ८९ र एक सय ३२, बैतडीमा चार हजार नौ सय ८९, एक सय ४४ र दुई सय १८, डडेल्धुरामा दुई हजार तीन सय ७७, एक सय आठ र दुई सय चार र कञ्चनपुरमा आठ हजार चार सय १५, ६ सय र एक हजार दुई सय विद्यार्थी सहभागी हुनेछन् ।
प्राविधिक धारतर्फ बाहेक नियमित र ग्रेडवृद्धिमा छात्रा संख्या बढी छ । प्राविधिक धारतर्फ छात्र एक हजार एक सय आठ छन् भने छात्रा सात सय ८७ मात्रै छन् । ग्रेटवृद्धितर्फ छात्रा एक हजार एक सय आठ र छात्र सात सय ५० छन् । नियमिततर्फ छात्र २५ हजार ६३ र छात्रा २५ हजार पाँच सय ११ छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.