डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

कञ्चनपुर : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।

एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको छ । दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीया कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।

“मानिस आक्रमण गर्ने बाघ नै यहाँ दिनहुँ देखिन थालेको हो की भन्ने आशङ्का छ”, यादवले थपे, “सोही अनुसार भारतीय वनकर्मीसित पनि समन्वय गरिरहेका छौँ ।” उनले शुक्लाफाँटा र दूधुवा नेशनल पार्कमा बाघको सङ्ख्या बढेकाले करिडोरमा पसेको हुनसक्ने बताए । उनले करिडोर वरपर सचेतना अपनाउन सामाजिक सञ्जालको उपयोग गरिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.