प्रहरी द्वारा गोदावरी नगरपालिकामा ९० लिटर अवैध मदिरा बरामद

अत्तरिया : कैलालीमा प्रहरीले मदिरा बरामद गरेको छ। जिल्लाको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले अवैध रुपमा राखिएको मदिरा बरामद गरी नष्ट गरेको हो। गोदावरी नगरपालिका–१ को शिविर क्षेत्रबाट बरामद गरिएको करिब ९० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको हो।

सोमबार सोहि वडाका वडाअध्यक्ष गोपाल दत्त भट्ट, वडासदस्य चेतराज पन्त, स्थानिय केशव बलायर, सुर्य खत्री तथा पत्रकार लगायतको रोहबरमा प्रहरीले कार्यालयकै उत्तरपट्टि उक्त मदिरा नष्ट गरेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.