Agni Offset Press

कञ्चनपुरमा भन्सार छलीको सामान बरामद

Aarati simant

कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै २ लाख रुपैयाँको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आइतबार साँझ उक्त परिमाणको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार भन्सार छलेर ल्याइएको सलाई, कपडाको अस्तर, नरिवलको धुलो र प्लास्टिकको झिल्ली गरी १ लाख ८७ हजारभन्दा धेरै रकम बराबरको मालसामान बरामद भएको हो । उक्त सामान बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.