उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी घोषणा

अत्तरिया : कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । कुँवरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघको यह्री चैत्र २८ र २९ गते हुने ५७ औं वार्षिक चुनावी साधारण सभामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले सुदूरपश्चिमबाट खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जानकारी दिए । सुदूरपश्चिमका उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्याहरुलाई निर्णायक र नीतिगत समाधानतर्फ लैजानका लागि आफ्नो उम्मेदवारी रहको अध्यक्ष कुँवरले बताए । यद्यपि उनले आफू कुन म्यानलबाट उम्मेदवार बन्ने भन्ने खुलाएनन् ।

‘अहिले नै कुन टीमबाट उम्मेदवार बन्ने भन्ने यकिन गरेको छैन,’ उनले भने, ‘जुन व्यवसायीका हकहित एजेण्डालाई जोडतोडका साथ उठाएर आउँछ उही टीमबाट उम्मेदवार बन्छु, उसैसंग सहकार्य हुन्छ।’ उनका अनुसार बरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी छन् । उनका अनुसार निर्वाचनमा सुदूरपश्चिमबाट ११ जनाले भोट हाल्न पाउने छन् । कुँवर महासंघको केन्द्रीय सदस्यमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् । उनी बर्तमान केन्द्रीय समिति सदस्य समेत हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.