कैलारीको निर्माणाधीन सुरक्षित आवासको अनुगमन

अत्तरिया : कैलाली जिल्ला कैलारी गाउँपालिका–७ स्थित आगलागी पीडित मुक्तकमैया विपतपुर बस्तीमा निर्माणाधिन सुरक्षित आवासको अनुगमन गरिएको छ । गत बैशाख ११ गतेको भीषण आगलागीबाट पूर्णरुपमा क्षति भएको २७ घरलाई सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेविटयाट फर ह्युमानिटी नेपालको आयोजनामा र राष्ट्रिय दलित नेटवर्कको समन्वय, कैलारी गाउँपालिकाको सहकार्यमा यहि पुस १० गतेबाट सुरु भएको थियो ।
निर्माणाधिन सुरक्षित आवास कार्यक्रमको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकाल, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव टिकाराम थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव यूवराज बस्नेत, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव डा. मदनसिंह धामी, कमलराज ढकाल, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल काम समयमा काम सम्पन्न गर्न आग्रह गरेका थिए । त्यसैगरी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी विपतपुरमा आगलागी भएको दिनदेखि त्यसको निकासका लागि प्रदेश सरकारसँग आग्रह गर्दै आएको बताए । उनले भने,‘गत वैशाख ११ गते खेतबाट सल्केको आगो बस्तीसम्म पुग्दा यस ठाउँको २७ घर जलेर खरानी भयो । बस्तीमा रहेको अरु घरमा पनि क्षति भएको थियो । स्थानीय चुनावपछि प्रदेश र संघको चुनावले गर्दा काम अगाडी बढाउन सकेको थिएन’, उनले भने ।
निर्माणधिन सुरक्षित आवासको गाउँपालिकाबाट निशुल्क नक्सा पास गर्ने गाउँपालिका अध्यक्षले बताए । हेविटयाट फर ह्युमानिटी नेपालका इन्जिनियर अनुजराज जोशी यस परियोजनाको अवधि २०८० जेठ मसान्तसम्मा रहेपनि बैशाख मसान्तभित्रै समापन गरि जेठ पहिलो साता हस्तान्तरण गर्नेगरी काम भइरहेको बताए । त्यस्तै कार्यक्रम संयोजक राममनी चौधरी निर्माण भईरहेको घरमा दुई वटा कोठा, बरण्डा, त्यसमा जोडिएको एउटा भान्सा कोठा र चर्पी रहेको बताए । कोठाको साइज १० वाई १२ रहेको छ । घरको वाल पीभिसी व्लक र माथि जस्तापाता रहने उनले जनाए ।
निर्माणाधिन २७ घरको अनुमान लागत एक करोड ८२ लाख १२ हजार ७७६ रुपैया ९० पैसा रहेको छ । त्यसमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सुदूरपश्चिम प्रदेशबाट ९० लाख र सुरक्षित आवास परियोजनाबाट ९हयाविटेट फर ह्युमानिटी नेपाल० ५४ लाख र राष्ट्रिय दलित नेटवर्क नेपालबाट सामाजिक परिचालन रहेको छ । भने लाभग्राही समुदायबाट जनश्रमदान ३८ लाख १२ हजार ७७६ रुपैया रहेको हयाविटेट फर ह्युमानिटी नेपालका परियोजना प्रवन्धक पुनिता चौधरीले बताइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.