कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया : कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु् भएको छ। गोदावरी नगरपालिका–१ मनहरा सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से. ५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरियामा उपचार सम्भब नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.