कञ्चनपुरमा प्लास्टिक झोलाको प्रयोग गर्न नपाइने

कञ्चनपुर,१६ चैत : कञ्चनपुरमा अब प्लास्टिक झोलाको प्रयोग गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख १ गते अर्थात् नयाँ वर्ष २०८० देखी बजारमा ४० माईक्रोन भन्दा कम पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण, र प्रयोगमा प्रतिबन्ध गर्ने भएको छ ।

वातावरणलाई असर गर्ने प्लास्टिक बजारमा अहिले व्याप्त रूपमा प्लास्टिकको प्रयोग बढ्दै जान थालेपछि वातावरण मन्त्रालयले ४० माइक्रोनभन्दा कमका झोलाले मानव स्वास्थ्यमा असर पर्ने र ‘रिसाइकल’ गर्न नमिल्ने भनी प्रतिबन्ध लगाएको हो । त्यही अनुरूप जिल्लामा पनि अब प्लास्टिकको झोलाहरू प्रयोग गर्न नमिल्ने भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.