आज पनि भएन मन्त्रिपरिषद् विस्तार, गठबन्धनभित्रै विवाद

काठमाण्डौँ : गठबन्धन दलबीच विवाद हुँदा आज हुने भनेको मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ। स्रोका अनुसार दस दलीय गठबन्धनभित्र मन्त्रालय बाँडफाँडको कुरा नमिलेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

चितवनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। तर भागबण्डामा कुरा मिल्न सकेन । बुधबार बसेको गठबन्धन दलको बैठकले भने मन्त्रालयको संख्या टुंगो लगाएको थियो।

जसअनुसार कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २÷२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एकएक मन्त्रालय दिने सहमति भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.