भीम रावलले एकपछि अर्को गल्ती गर्दै जानुभएकोछ : उपाध्यक्ष विष्णु पौडेल

अत्तरिया : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् । रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’
रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ । उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ । यहाँले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ ।’
अर्को प्रसंगमा उनले नेकपा एमालेको नेतृत्व विना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताए । ‘घट्नाक्रमले के पुष्टि गरिसक्यो भने नेकपा एमाले विना देशले स्थायित्व र समृद्धि प्राप्त गर्न सक्दैन’, उनले भने । ‘त्यसभएको हुँदा पार्टीलाई स्थापित गर्न पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।’
सरकारले विधि निर्माण प्रक्रियामा पनि उहाँको असन्तुष्टि व्यक्त गरे । प्रतिपक्ष दलहरुलाई उपेक्षित गरेर अहिले सरकारले गरिरहेका प्रतिपक्षको उपस्थिति कमजोर पार्ने प्रयास भईरहेको उनको भनाई रहेको छ । अहिलेको गठबन्धको विकल्पमा एमाले लागेको छ की ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले कुनै पनि गठबन्धन भत्काउने र बनाउने खेलमा नलागेको बताए । अहिलेको गठबन्धन भत्काउन चाहेमा केहि हप्तामा नै भत्काउने सक्ने पनि उनको दावी रहेको छ । ‘अहिले गठबन्धन भत्काउने र बनाउने भन्दा पनि पार्टीलाई बलियो बनाउने अभियामा छु’, उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.