बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते

बाजुरा : बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कोल्टी बाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको जीप बुढीनन्दा नगरपालिका एक कोल्टीको तल्लो बजारमा दुर्घटनामा परेको हो ।

नौ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको जीप ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । घाइते हुनेमा हिमाली गाउँपालिका ३ का वर्ष १६ वर्षका कार्चेन गुरुङ , वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७ का दावा सान्पाङ्ग ,हिमाली सातका २२ वर्षका योग्य राज उपाध्याय खत्याड गाउँपालिका ११ का वर्ष ७० कि रामदेवी शाही ,वर्ष २६ का परु शाही र गाडी चालक हेमराज तिमिल्सिना रहेका छन् । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.