प्राज्ञिक विद्यार्थी परिषद् नेपाल : नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा सुरु

अत्तरिया,१८ चैत : प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन आज शनिबार देखि कैलालीको धनगढीमा सुरु भएको छ ।
अधिवेशनको नेपाल सरकारका महालेखा परीक्षकटंकशर्मा दंगालले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा उनले नैतिकता प्राप्तिका लागि असल आचार, असल कर्मगर्दै अगाडि बढने युवा शक्तिको आवश्यकता रहेको बताए ।
साथै समय, धन, र उर्जा कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन हुनुपर्ने उनको भनाई रहेको छ । वर्तमान समयमा नेपालको अर्थतन्त्र विस्तारै कमजोरहुँदै गइरहेको र त्यसको कारण पूजीँको अभाव, सीप, रोजगार र उत्पादनको कमी नै भएकोले त्यसका लागि ती चिजहरूलाई जोड दिएर अगाडि बढनुपर्ने आवश्यक रहेको उल्लेख गरे ।
सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक भएको अधिवेशन यहि चैत २० गते सम्म सञ्चालन हुनेछ । ‘आत्मनिर्भर अर्थतन्त्र भ्रष्टाचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने नारासहित भएको अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधिहरु सहभागि भएको परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिए ।


अधिवेशनमार्फत देशको वर्तमान शैक्षिक परिदृष्य एवं वर्तमान शैक्षिक अवस्थाको सुधारका लागि शैक्षिक प्रस्ताव पारित गरिनेछ । त्यस्तै देशको वर्तमान सामाजिक, आर्थिक अवस्था र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धि प्रस्ताव पारित गरिने जनाएको छ ।


हरेक दुई बर्षमा हुने अधिवेशनबाट नयाँ राष्ट्रिय कार्यसमिति चयन गर्ने गरेको छ । यस पटहकको परिषद्को राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका हुन । अधिवेशनबाट विद्यार्थी परिषद्का मधेश र कोशी प्रदेशका प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी निर्वाचित भए । साथै परिषद्का अध्यक्षमा निवर्तमान अध्यक्ष डा.गोपीनाथ कंडेलले पुनः दोहोरिएका हुन् । कालिका संस्कृति विद्यापिठमा प्राध्यायापनरत डा. गोपिनाथ कंडेल परिषद्का राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईले जानकारी दिए ।
अधिवेशनको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमाल, समाजसेवी एंव शिक्षाविद डा. हेमराज पन्त, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक एवं हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख दीपककुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।


यस्तै, गरी कार्यक्रममा स्तम्भकार श्रीकृष्ण अनिरूद्व गौत्तम, संघका राष्ट्रिय प्रचारक वेदप्रकाश अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष् चौहान लगायत धनगढीमा शैक्षिक, व्यवसायीक, सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.