सुदूरपश्चिम सहित देशभर वर्षा हुने सम्भावना

अत्तरिया : आज सुदूरपश्चिम सहित देशभर बर्षको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हो

‘आज सुदूरपश्चिम प्रदेशका थोरै स्थान, पोखरा, काठमाडौँ, ओखलढुंगासहित देशभरकै पहाडी भेगका थोरै स्थानमा पानी पर्ने सम्भावना छ’, मौसमविद् झाले भने।

आज अपराह्नतिर काठमाडौँमा पनि क्षणिक वर्षा हुने सम्भावना छ। ‘तर पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र छ’, उनले भने। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली ९धेरैजसो आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (थोरै आकाशमा बादल) देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.