अत्तरिया, १२ बैशाख : गौरीगंगाामा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा समापन भएको छ । गौरीगंगा नगरपालिका न्यायिक समिति आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राविधिक सहयोगमा तालिम भएको हो ।
न्यायिक समिति संयोजक भोजबहादुर बमको सभापतित्वमा भएको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका प्रमुख देबिदत्त कडेँल, विशिष्ट अतिथि प्रसासकीय अधिकृत हरिदत्त भट्ट, न्यायिक समिति सदस्य जानकी बोहरा र मदन नेपाली, नगरस्तरीय मेलमिलाप संयोजक हेमन्तराज जोशी (बाजे), पुर्ब वडा अध्यक्ष कमला सर्मा, हुमराज सापकोटाले धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीयस्तरमा हुने सानातिना झै–झगडा र विवादहरुको त्यही समुदायमा मेलमिलापकर्ताहरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा शान्ति, सौहार्द, भाईचारामा अभिवृद्धि गर्न मेलमिलाप कर्ताहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख द्वारा दुबै पक्षको जित हुने गरि मेलमिलाप गराउनु जस्तो न्याय अरु कुनै नहुने बताए । न्यायिक समिति संयोजक भोजबहादुर बम द्वारा स्थानीयस्तरका समस्या स्थानीयस्तरमा नै छिटो समाधान हुन भनेर कार्यक्रम मेलमिलापकर्ता उत्पादन गर्न र गाउँका समस्या स्थानीयस्तरमा नै समाधानको निर्मित योग्यब्यक्ती बनाउन तालिम आयोजना गरेको बताए ।
तालिममा गौरीगंगा नगरपालिका १–११ वटा वडा बाट २५ जना सहभागी रहेका छन । तालिममा २५ जना सहभागीहरु लाई प्रमाणपत्र वितरण गरिएको थियो । बैशाख ४ गते देखि संचालित उक्त तालिम समापन कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठकुल्लाले गरेका हुन् ।
