धनगढी विमानस्थलमा घाँस काट्न गएका १७ महिला प्रहरीको नियन्त्रणमा

अत्तरिया : धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । ‘घाँस काट्न भनेर उहाँहरु विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ,’ भट्टले भने, ‘हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौं । उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो ।’ भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइने जानकारी दिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.