धनगढी : धनगढीको एसपिए कलेजका उप–प्राध्यापक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ। छात्राहरूलाई फेसबुक म्यासेन्जरबाट यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कैलाली प्रहरीले उनलाई नियन्त्रण्मा लिएको थियो।
एसपिए कलेजमा कार्यविधि कानून पढाउने प्राध्यापक भट्टले फेसबुकबाट आधा दर्जन छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। कलेजमा अध्ययन गर्ने छात्रालाई रातदिन हैरानी दिने गरेको पीडितले बताएका छन्। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु