मुक्त कमैयाले आफ्ना माग पूरा गराउन कैलाली र कञ्चनपुरमा अधिकार यात्रा गर्दै

अत्तरिया : कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनःस्थापना हुन नसकेको भन्दै मुक्त कमैया समाजले कैलाली– कञ्चनपुरमा अधिकार यात्रा गर्ने भएको छ।

समाजले बैशाख १४ गते विहिवारदेखि कैलालीको टिकापुर र कंचनपुरको महेन्द्रनगरबाट एकै साथ साईकलमा अधिकार यात्रा गर्न लागेको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ । सरकारले कमैया र कमलरी पहिचान गर्दा पहिचान प्रक्रिया गलत हुँदा धेरै कमैया छुटेका समाजले जनाएको छ। सरकारको तथ्यांकमा एक जना पनि नछुटेको देखिए पनि कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ जना मुक्तकमैया पुनस्र्थापना बाँकी रहेको बुधबार समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए।

सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । यस्तै २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो । मुक्तकमैया समाजले दिएको जानकारी अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन्।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १ सय ५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कमलरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७ सय ३५ छुटेका छन्।

समाजले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गठन गरेको मुत्तकमैया, कमलरी, हलिया र हरवाचरवा बस्तु स्थिति अध्ययन समितिको प्रतिवेदनका आधारमा निर्माण गरिएको कमैया श्रमिक पुनःस्थापना कार्यविधि २०७९ लाई सरकारले मन्त्रिपरिषदबाट पास गरी सो कार्यविधि वमोजिम पुनस्र्थापना कार्य गर्नुपर्ने माग अगाडी सारेको छ। संघीय सरकारले २०७६ जेठमा कमैया तथा कमलरीको पुर्नस्र्थापना कार्यलाई स्थानीय तहमा हस्तान्तरण गरेको हुँदा स्थानीय तहले आफ्ना पालिकामा कमैया पुर्नस्थापना कार्यविधि निर्माण गर्नुपर्ने माग गरेका छन् । समाजजले दवाव सोरुप कैलाली र कञ्चनपुरमा साईकल यात्रा निकाल्ने जनाएको छ।

शुक्रबार देखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानना साईकल यात्रा निकाल्ने मुक्तकमैया समाज कैलालीका अध्यक्ष भरत चौधरीले बताए । उनले आफ्नो मागको सुनुवाइ होस् भन्ने उद्देश्यसाथ यात्रा निकाल्ने लागेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.