माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१० मा शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय दानबहादुर चुनाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चुनारा करेन्ट प्रयोग गरेर माछा मार्न क्रममा थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.