विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ : मन्त्री साउँद

कञ्चनपुर : परराष्ट्रमन्त्री बनेपछि शनिवार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।
‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ, मन्त्री साउँदले भने,
अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’ उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताएका छन् । ‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ, उनले भने, यो अस्पताल प्रतिष्ठान मात्र नभइ यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’
निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माणलगायतका काममा आफू सक्रिय भएर लागेको उनको भनाइ थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.