पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि सँगै लैजाने : मन्त्री देउवा

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेशको भौतिक पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि सँगै लैजाने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले आयोजना शनिबार धनगढीमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री देउवाले यस्तो बताएका हुन् ।
भौतिक विकासले मात्रै प्रदेशको समग्र विकास सम्भव नहुने भएकाले समाजमा रहेका सबै वर्गको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको लागि प्रदेश सरकार नयाँ तरिकाले अगाडि बढ्ने उनको भनाई रहेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घका सङ्घीय अध्यक्ष देवीदत्त अचार्यले पुनस्र्थापनामा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्यसँगै सञ्चार, आगमनमा पहुँच, जीविकोपार्जनलगायतका सवाल सम्बोधन हुने जानकारी गराउँदै कार्यान्वयनमा तत्परता देखाउन सबैमा आग्रह गरे ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह र प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा प्रदेश सरकारले गरिरहेका कामबारे जानकारी दिए । फरक क्षमताका व्यक्तिहरूले संविधानमा उल्लेखित हकअधिकार र सरकारले नै जारी गरेको निर्देशिका अनुसारका सेवा सुविधा नपाएको गुनासो गरिएको थियो ।
स्पाइनल इन्जुरी भई हृवीलचियर प्रयोग गर्नुपरेका ‘ख‘ वर्गका फरक क्षमताका व्यक्तिहरूलाई उपचार तथा जीविकोपार्जनका लागि सरकारले मासिक पाँच हजार दिने बजेटमा घोषणा गरे पनि आफूहरूले नपाएको नीहरुको भनाइ थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.