यहि बैसाख २८ र २९ गते गोदावरीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा

अत्तरिया, १७ बैशाख : कैलालीको गोदावरी नगरपालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार बैशाख २८ र २९ गते नगरका २ वटा केन्द्रमा परीक्षा संचालन हुने छ । परीक्षा तालिका अनुसार बैशाख २८ गते अनिवार्य गणित र बैशाख २९ गते अन्य सबै विषयको परीक्षा संचालन हुने छ । २ विषयमा अनुत्र्तीण विद्यार्थीय यस परीक्षामा सहभागि हुन पाउने छन ।
ग्रेडवृद्धि परीक्षा सरस्वती मावि सेहरी र शैलेश्वरी मावि बडेहामा संचालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गोदावरीमा कक्षा ८ मा सहभागि भएकामध्ये ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । कक्षा ८ को परीक्षामा गोदावरीमा २ हजार ६ सय ४३ विद्यार्थी सहभागि भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.