
अत्तरिया। कुखुराको मासुको पारखीका लागि गोदावरी नगरपालिका अत्तरियामा पहिलो पटक ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका वडा नं १ अत्तरियाको ६ लेन सडक धनगढी रोड अत्तरिया चोक देखि १ किलोमिटरको दूरीमा उक्त “चिकेन स्टेशन“ सञ्चालनमा आएको हो।
५५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको उक्त ‘चिकेन स्टेशन’को सोमबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्। उद्घाटन पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले जुन उदेश्यले यस क्षेत्रमा नयाँ व्यवस्थापनका साथ फेमिली रेस्टुरेन्ट सहित “चिकेन स्टेशन“ सञ्चालनमा ल्याएको भन्दै सञ्चालकलाई धन्यबाद व्यक्त गरेका छन् । ब्यवसायीक सफलताको शुभकामना दिदै अत्तरिया क्षेत्रमा यस्ता रेष्टुरेन्टहरुको आवश्यक रहेको महसुस गरे।
सञ्चालकहरुले सुरुवात गरिएको यो ब्यवसायमा सेवागत,व्यवहारिक तथा स्वास्थ्य जस्ता कुराहरूलाई व्यवस्थित गरेर लगेमा ब्यवसाय थप अगाडि बढ्न सक्ने बताए।
उक्त चिकेन स्टेशन अत्तरियाका २ जना युवा व्यावशायीहरु मिलेर संचालनमा ल्याएका हुन। अत्तरिया मै रहेको एस क्याफे एण्ड लज का संचालक किसन भाट र कैनोडा ट्रेडर्स तथा अत्तरियामा आई एम ई सेवा उपलब्ध गराउँदै आएका सञ्चालक तारा दत्त जोशीले सन्चालनमा ल्याएका हुन। संचालक तारादत्त जोशी ले ५५ लाखको लगानीमा सन्चालनमा ल्याइएको चिकेन स्टेशनमाकुखुराको मासुका पारखीका लागि अत्तरियामा पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ परिकारहरु उपलब्ध हुने बताए। चिकेन स्टेशन काठमाडौंको फ्रेन्चचाइजी परिकारहरु ग्राहकहरुलाई उपभोग गराउनकासाथै यस क्षेत्रमा फेमिली रेस्टुरेन्ट प्रकारको “चिकेन स्टेशन“ संचालनमा ल्याएको बताए। उनले ५० देखि ६० जना सम्मको ग्राहकहरुले उक्त चिकेन स्टेशनमा स्वादिष्ट मासुका परिकारहरु उपभोग गर्न सकिने बताए।
उक्त स्टेशनमा पिज्जा, बर्गरकासाथै चिकेन सम्बन्धीका सम्पुर्ण परिकारहरु पाईनुका साथै अन्य विभिन्न चाईनिज तथा ईन्डियन परिकारहरु समेत उपलब्ध गराइएको बताए। उनले स्थानीय क्षेत्रमा सुविधा सम्पन्न फेमिली रेस्टुरेन्ट नभएको कारण यस क्षेत्रका मानिसहरू सधैं १५÷२० किलोमीटर टाढा जाने साथै बिदाको समयमा आफ्ना बालबालिकाहरूलाई खाना नास्ताको लागि उचित ठाउँको गन्तब्य नहुने वातावरण भएकोले उक्त सुविधा दिन चिकेन स्टेशन सञ्चालन ल्याइएको बताए। उनले आगामी दिनमा चिकेन स्टेशनलाई अझै थप सेवा सुविधा विस्तार गर्ने योजना रहेको समेत बताए।
अर्का संचालक किसान भाटले स्थानियलाई पारिवारीक वातावरण,उचित पार्किंग सहित शान्त ठाउमा खाजा नास्ताको व्यवस्था गर्ने लक्ष्य सहित उक्त स्टेशन सञ्चालनमा ल्याएको बताए । अत्तरिया क्षेत्रमै पहिलो पटक पिज्जा, बर्गर पनि उपलब्ध गरिने भएकाले टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । अत्तरिया क्षेत्रमा अर्डर अनुसार डेलिभरीको समेत सुविधा रहने उनको भनाई छ । साथै उक्त चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकारहरु पाइने सञ्चालक भाट बताए। सञ्चालनमा आएको चिकेन स्टेशनको उद्घाटनमा अवलोकन गर्न आएका स्थानिय सुबास कार्कीले यस्ता खाले फेमिली रेष्टुरेन्टहरुको संचालनमा आउनु एकदमै आवश्यक रहेको बताए । हाम्रो अत्तरिया क्षेत्र हेर्दा सानो छ तर अत्तरिया क्षेत्रमा चारै ठाउँ जोड्ने चौराहा भएको हुँदा हरेक ठाउँका मानिसहरू यही बाटो भएर आवतजावत गर्ने भएकाले यो उपयुक्त स्थान भएको बताए । मानिसहरूलाई स्वच्छ, शान्त वातावरणमा स्वादिष्ट परिकारहरुको खाना,खाजा–नास्ता खान रेष्टुरेन्टको आवश्यकतालाई परिपूर्ति सञ्चालकले गरेको कार्य एकदमै राम्रो भएको उनले बताए। दिनभरि काम गरेर थाकेका मानिसहरू र घर परिवार सहित पारिवारिक वातावरणमा बस्न,खानाको लागि छुट्टै आनन्द र उपयुक्त ठाउँ रहेको बताए।
