दुर्गालक्ष्मीका विद्यार्थीहरुले मनाए राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

अत्तरिया। कैलालीको अत्तरियास्थीत दुर्गालक्ष्मी नमूना माध्यमिक बिद्यालयका विद्यार्थीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ मनाएका छन । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“ भन्ने मूल नारा सहित दुर्गालक्ष्मी नमूना माविमा कक्षा १२ मा अध्ययनरत आईटी समुहका विद्यार्थीले दिवसको आयोजना गरी मनाएका हुन् ।

मंगलबार दिवसको अवसरमा दुर्गालक्ष्मी विद्यालयका विद्यार्थी, कम्प्युटर इन्जिनियरिङका बिद्यार्थी, शिक्षकको सहभागीतामा र्याली समेत निकालिएको थियो । विद्यालयबाट निकालिएका र्याली अत्तरिया बजार परिक्रमा गरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा सम्पन्न गरेका हुन्। र्यालीमा विद्यार्थीहरुले हातहातमा राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० सम्बन्धी नारा लगाउँदै  प्लेकार्ड सहित पोष्टरहरु समातेका थिए। उनीहरुले सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“, जस्ता विभिन्न सुरक्षीत सूचना तथा सञ्चार प्रविधी सम्वन्धी पोष्टरहरु समातेका थिए।र्यालीमा सहभागी विद्यार्थीहरुलाई नेपाल टेलीकम प्रादेशिक निर्देशनालका  इन्जिनियर  तिलक धामीले सूचना प्रविधिको महत्वको बारेमा जानकारी प्रदान गरेका थिए । साथै उनले सूचना प्रविधिको भूमिका, साईबर क्राइमको नकारात्मक प्रभाव, सुरक्षित सुचना तथा सञ्चार प्रविधि बारेमा जानकारी दिए।

पहिले हुलाकको माध्यमबाट सूचना प्रवाह गर्ने गरिएकोमा हालको अवस्थामा क्षेण भरमै हामीले नयाँ सञ्चार प्रविधीको माध्यबाट नयाँ कुराको ज्ञान सूचना सम्प्रेषण लगायतका विभिन्न कार्यहरू सहज तरिकाले गर्ने गरेको बताए । उनले पछिल्लो समय देशमा भइरहेको साइबर क्राइम नियन्त्रण गर्ने,यसलाई कसरी सुरक्षीत साथै सूचना तथा सञ्चार प्रविधीलाई कसरी गुणस्तर बनाउन सकीन्छ सम्बन्धी जानकारी दिएका थिए ।  यस्तै र्यालीमा सहभागी दुर्गा लक्ष्मीका बिधार्थीहरुले अहिले अवस्थामा बिद्याथीलाई सूचना तथा सञ्चार प्रविधीको एकदमै आवश्यक रहेको बताएका छन्।

हामी आईटी क्षेत्रमा आबद्ध भएका बिद्यार्थीहरुलाई झन् नयाँ सूचना तथा सञ्चार प्रविधीको एकदमै आवश्यक बताए । उनीहरुले सो प्रविधीले धेरै नै सहज बनाएकोले कामकाजमा सहजताका साथै नयाँ कुरा सिक्न र जान्ने अवसर मिलीरहेको बताएका छन् । यस्तै  पहिलेका मानिसहरू कतै कूनै घटना घटेको अवस्थामा महिनौ वर्षौं पछि जानकारी प्राप्त हुने गरेकोमा अहिले आइसिटीकै कारणले गर्दा पलभरमै थाहा पाउने भएको छ, उनीहरुले भने । सजिलै घरमै बसेर भएपनी आइसिटीको मद्दतबाट टाढा टाढाको काम गर्न सकिने विद्यार्थीहरुले भनेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.