
अत्तरिया। कैलालीको अत्तरियामा स्थित पद्मा अस्पातल प्रा.ली र सिप्ला कम्पनीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। पद्मा अस्पतालमै सञ्चालन गरिएको उक्त शिविरमा “आफ्नो फोक्सोको पनि ध्यान राखौ किनकि सास बिना गाँस, बास र कपासको के अर्थ“ भन्ने मुल नाराका साथ फोक्सोको निःशुल्क चेक जाँच गरिएको हो ।
अस्पताल र सिप्ला कम्पनीको सहकार्यमा आयोजित निःशुल्क फोक्सोको स्वास्थ्य शिविरबाट ४६ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका तथ्याङ्क अधिकृत संजिव बहादुर शाहले जानकारी दिए। उनले विश्व दम दिवसको अवसर पारेर उक्त शिविर सञ्चालन गरी सम्पन्न गरेको जनाएका छन्।
उनका अनुसार मानिसहरुको स्वास्थ्यलाई मध्यजनजर गर्दै अस्पतालले यस्ता निःशुल्क शिविरहरु विभिन्न स्थानमा संचालन गर्दै आइरहेको र आगामी दिनहरुमा पनि थप अझै सुलभ हुनेगरी शिविर सञ्चालन गर्ने जानकारी दिए ।
उनले सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्य सहित साथै स्वास्थ्य परीक्षण गराउन सबै प्रेरित गराउनका लागि समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए।
बुधवार आयोजित शिविरमा सीप्ला कम्पनीका स्वास्थ्यकर्मी सुजित कुमार सुक्लाले फोक्सोको चेक जाँच गरेका थिए। उक्त शिविरमा ४६ जनाले फोक्सोको चेक जाँच गराएका मध्ये ४ जना मानिसको फोक्सोमा समस्या भेटीएको स्वास्थयकर्मी सुजित कुमार शुक्लाले बताए । उनले शिविर मा चेकजाँच गरे संगै स्वास्थ्य सम्बन्धी उचित सल्लाह सुझाव पनि दिएका थिए।
