धनगढीको ६ लेन सडकमा लगाएका रेलिङ गायब

अत्तरिया : धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङ चोरी भएका छन् । धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू चोरी भएको जनाएको छ । भन्सारदेखि चौराह क्षेत्रका सडकमा लगाएका रेलिङहरू चोरी भइरहेको नगरपालिकाले जनाएको हो । यसअघि त्यहाँ रोपिएका बोटविरुवा समेत चोरी भइरहदा अहिले हाएर रेलिङ समेत चोरी भएका छन ।

रेलिङ चोरी भइरहेको देखेमा धनगढी उपमहानगरपालिकाको कार्यालयलाई जानकारी गराएर सहयोग गर्न नगर प्रमुख गोपाल हमालले आग्रह गरेका छन । घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन् । ६(७ स्थानबाट रेलिङ निकालेर लगिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरूको आलोचना भइरहेको छ । यसै गरी, छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गर्न नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.