जगदीश रोकाया
बझाङ २२ बैशाख : सुदूरपश्चिम प्रदेशको गौरवको योजना चैनपुर–ताक्लाकोट सडकको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छिटो ट्याक खोल्न निर्देशन दिएका छन् । विहिवारदेखि बझाङ भ्रमण आएका मुख्यमन्त्री शाहाले शुुक्रवार चैनपुर ताक्लाकोट सडक खण्डको धमेनासम्म स्थलगत निरीक्षण गरि आयोजनाका कर्मचारी र अन्य सम्वन्धित निकायलाइ सडकको ट्याक छिटो खोल्न निर्देशन दिएका हुन् ।
उनले धमेनामा पुगेर आयोजनाका कर्मचारी सहित निर्माण कम्पनीका प्रतिनिधिहरु लाइ सडकको काम निकै ढिलासुस्ती भएको व्यापक जनगुनासो आएको र यो सडक सुदूरपश्चिमको विकासको ढोका भएकाले यसको काममा गति दिन आग्रह गरे । दुइ दिने जिल्ला भ्रमणमा आएका मुुख्यमन्त्री शाहले बझाङमा अन्य विकासका कामहरु हँुदै गएका छन ।
बझाङको विकासकिा चैनपुर–ताक्लाकोट सडकलाइ दिनुुपर्ने उनले वताए । १ सय २ किलो मिटर लम्वाइ रहेको चैनपुर–ताक्लाकोट सडकको अहिले ४० किलो मिटर मात्र सडकको ट्याक खोलेको छ । रुपातोलादेखि माथि ट्याक खोल्ने जिम्मा पाएको स्वच्छन्द नागारुजुन वानीया, राजेन्द्र जेवी कम्पनीले चट्टान काट्न समस्या भएको भनेर काम ढिलासुस्ती गर्दै आएको छ । मुख्यमन्त्री शाह शुक्रवार नै बझाङबाट फिर्ता भएका छन् । उनले जिल्ला आउदा कार्यालय प्रमुखको भेटघाटमा जनताको काममा ढिलासुुस्ती दुख समस्या नपार्न समेत निर्देशन दिएका थिए ।