अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको चौकीडाँडास्थित नगरपालिकाले डोजर चलाएर हटाएपछि विचल्लीमा परेका सुकुम्बासीहरूलाई नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिले राहत वितरण गरेको छ ।
नगर इन्चार्ज कैलाश जोशी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष मिनराज ओझा लगायतका नेताहरूले उक्त बस्तिमा पुगेर चामल ,दाल र त्रिपाल लगायत सामाग्रीहरू वितरण गरेका हुन् ।
बस्तिमा खान बस्न समस्या परिरहेको गुनासो आएपछि इन्चार्ज कैलाश जोशी लगायतले भेटघाट गरी आफ्नो पार्टी वास्तविक सुकुम्बासीको हक अधिकारका लागि सधै सहयोग र संघर्ष गर्न तयार रहेको बताउँदै खान बस्न सहयोग पुगोस् भनेर खाद्यान्न, त्रिपाल सहयोग गरेको जानकारी दिए ।
गत वैशाख १८ गते मजदुर दिवसका दिन गोदावरी नगरपालिका , डिभिजन वन कार्यालय र स्थानीय प्रसाशन धनगढीले सुकुम्बासी बस्तिमा डोजर चलाएको थियो । सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बसेको बहानामा बस्तिमा डोजर चलाएको हो ।
सम्बन्धित पाेस्टहरु