बाजुरेली सेवा समाज धनगढीको छैटौँ साधारण सभा

अत्तरिया, २३ बैशाख : बाजुरेली सेवा समाज धनगढीको छैटौँ साधारण सभा सुरु भएको छ । शनिबार साधारण सभाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

साधारण सभामा प्रदेश सभा सदस्य पद्मबहादुर शाही, समाजका पूर्व अध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरुले आफ्नो धारणा व्यक्त गरेका हुन् । साधारण सभामा धारणा राख्ने अधिकांसले समाजको एकतामा जोड दिएका थिए । साधारसभामा विभिन्न क्षेत्रमा योगदान दिने व्यत्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । समाजका अध्यक्ष चेतराज थापाको अध्यक्षतामा भएको साधारण सभाले नयाँ कार्य समिति समेत आज चयन गर्ने छ । कार्य समितिको चयनका लागि सहमतीको प्रयास भईरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.