नेपाल औषधि व्यवसाय संघ धनगढी नगर अध्यक्षमा ठकुराठी निर्वाचित

अत्तरिया : नेपाल औषधि व्यवसाय संघ धनगढी नगर अध्यक्षमा लक्ष्मण ठकुराठी निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११ औं ईकाइ अधिवशनबाट ठकुराठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा हरि अधिकारी, उपाध्यक्षमा सागर भट्ट, सचिवमा प्रकाश देव भट्ट, सह-सचिवमा अमित खड्का र जीवन खड्का, कोषाध्यक्षमा दिपा वलायर, सह-कोषाध्यक्षमा रेखा जोशि निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सुशान्त जोशि, जय बहादुर कुँवर, कुबेर राज उपाध्याय, बासमति चौधरी र जीवन वडु निर्वाचित भएका छन ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.