बोका चोरीको आरोपमा गोदावरीका दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बोका चोरी आरोपमा गोदावरी नगरपालिका – १० का नविन ताम्राकार र हरिश चुनारालाई पक्राउ गरिएको हो ।

गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गुलरियाका बरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए। उनका अनुसार बोका र दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।

गत महिना प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। शनिबार चोरी भएको बाख्रा कृष्णपुर नगरपालिका–५ की रामपति चौधरीको रहेको छ। तीनै जनाले उनीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.