धनगढी, २४ बैशाख : डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आईतवार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ । कलाकार कल्याणकारी कोषको घोषणासंगै संस्थाका कोषाध्यक्ष तथा लोक गायक प्रेम विवश चन्द र लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले जन्मदिनको अवसर पारेर रकम सहयोग गरेका छन् ।
लोक गायक चन्दले जन्मदिनको अवसरमा ५ हजार १ सय १ रुपैयाँ र लोक गायिका एवं समाजसेवी सापकोटाले ५ हजार रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् । जन्मदिन मनाउन फजुल खर्च गर्नुभन्दा अक्षयकोष स्थापना गर्न रकम सहयोग उपयुुक्त लागेकोले हस्तान्तरण गरेको चन्दले बताए । त्यस्तै लोक गायिका एवं समाजसेवी सापकोटाले कलाकारको जीवन अफ्ट्यारोमा साहारा बन्ने कलाकार कल्याणकारी कोष भएकाले संस्थालाई सहयोग गरेको बताईन् ।
संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले कलाकारहरूलाई प्रेरणा, सम्मान र अफ्ठ्यारो अवस्थामा पर्दा कलाकारहरूलाई सहयोग गर्न कोषको स्थापना गरिएको जानकारी दिए । अफ्ट्यारो परिस्थितिमा प्रतिष्ठानले अरु केही नसके पनि साहाराको रूपमा उभ्याउन र कलाकारहरूलाई प्रोत्साहित गर्न सहयोग पुग्ने उनको भनाई छ । लोक गायक चन्द र लोक गायिका एवं समाजसेवी सापकोटाको जन्म दिनमा कलाकार कल्याणकारी कोषमा सहयोग भएको भन्दै संस्थाले ठूलो आकार लिने बिश्वास ब्यक्त गरे । यसमा सबैको साथ र सहयोग अपरिहार्य रहने बरिष्ठ उपाध्यक्ष रावतको भनाई छ ।
सम्बन्धित पाेस्टहरु