गोदावरीमा किसानलाई कृषि औजार उपकरण हस्तान्तरण

अत्तरिया, २४ बैशाख : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई कृषि औजार उपकरण हस्तान्तरण गरीएको छ । आइतबार सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीले वडा नम्बर ६ स्थित लालपुरमा आयोजित एक कार्यक्रमबा बीच किसानलाई कृषि औजार उपकरण हस्तान्तरण गरेकी हुन् । मुख्यमन्त्री कार्यक्रम अन्र्तगत कृषि ज्ञानकेन्द्र कैलालीको पचास प्रतिशत अनुदान सहयोगमा कृषि उपकरण खरीद गरीएको हो । उपकरणमा पचास प्रतिशत कृषकले नै लगानी गरेका छन् ।
सयपत्री कृषक समुह र गोदावरी तरकारी नमुना गाँउ कृषक समन्वय समितिका कृषकहरुलाई २८ हाते ट्याक्टर, २\२ओटा बोरिङ्ग, ३ ओटा डिजीटल तराजु हस्तान्तरण गरीएको छ । त्यसैगरी ६ ओटा स्प्रे ट्याङ्की, ४ ओटा मोटर तथा एउटा अर्थघर हस्तान्तरण गरीएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा पुर्वमन्त्री चौधरीले हस्तान्तरण गरीएका उपकरणको सहि सदुपयोग गर्न आग्रह गरिन् । उनले कृषि प्रेमीलाई उक्त सामग्री हस्तान्तरण गरीएको बताँउदै सामग्रीको सहयोगले कृषि क्षेत्र बढाई उत्पादन पनि बढाउन कृषकलाई आग्रह गरीन् ।
उनले गोदावरी ६ लाई कृषि पर्यटकीय क्षेत्र बनाउने आफ्नो चाहना भएको बताईन् । त्यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत जनक बोहराले किसानको खर्च घटाँउदै र आम्दानी बढाँउदै लैजाने उदेश्यले कृषि सामग्री हस्तान्तरण गरीएको बताए । उनले कृषकको माग र आवश्यकता बमोजीमका सामग्री अनुदानमा दिईएको बताए । कृषकका गुनासा सम्बोधन गर्न कृषि ज्ञान केन्द्र सधैँ प्रतिवद्ध रहेको उनको भनाई थियो । गोदावरी तरकारी नमुना गाँउ कृषक समन्वय समितिका अध्यक्ष तिलक चौधरीले तरकारी फलाँउदा बजारको समस्या हुने गरेकोे बताए । पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएका गोदावरी ६ का डबलबहादुर बोगटीले अहिले ४ कठ्ठामा तरकारी खेती गर्दै आएकोमा अब बढाउने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.