पत्रकारिताले समाज र राजनीतिलाई सहि दिशामा डोर्‍याउनुपर्छः बलायर

डोटी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डोर्‍याउने दायित्व पत्रकारिताको भएको बताएका छन्। सोमबार दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन्।

‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने पत्रकारको दायित्व हो,’ बलायरले भने, ‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस्। समाज र मुलुकको भलाइका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको उनले बताए।

पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए। ‘पत्रकारसँग सिद्धान्त हुन्छ। सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन। तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने विवेक पनि पत्रकारमा चाहिन्छ,’ उनले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.