सिलिण्डर बोकेको ट्रक भाँसु भिरमा गल्र्यामगुर्लम

धनगढी : कैलालीको भाँसु भिरमा ट्रक खसेको छ। आईतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको ट्रक चुरे गाउँपालिका–५ खानीडाडास्थित भाँसु भिरमा गल्र्यामगुर्लम खसेको हो।

प्रहरीका अनुसार खाली ग्यास सिलिण्डर बोकेको ट्रक भिरमा खसेर दुर्घटना भएको हो। ट्रक भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्र बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको ट्रक दुर्घटनामा परेको हो।

गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.