दार्चुला : चट्याङ लागेर दार्चुलामा बालकको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहकाअनुसार चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री रहेको सिंहले बताए । मीना मृतककी आमा हुन् । खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको थियो ।