प्रदेश भौतिक मन्त्रीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास योजनाको अनुगमन

धनगढी, २९ बैशाख : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका विकास निर्माणका योजनाको अनुगमन गरेका छन । उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ख अन्तर्गतका विभिन्न वडामा संचालित योजनाहरुको अनुगमन गरेका हुन ।


प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन गर्दै मन्त्री देउवाले सरोकारवालालाई सम्झौताको अबधि भित्रै योजना सम्पन्न गर्न निर्देशन दिए । उनले काममा गुणस्तर कायम राख्न पनि निर्देशन दिए । ‘अब प्रदेश सरकारले आगामी बजेटमा कार्यक्रतामुखि योजना छुट्याउदैन’, मन्त्री देउवाले भने ‘प्राथमिकता र आवश्यकताका आधारमा योजना छुट्याउँछ, त्यसमा सबैले सहयोग गर्नुहोस ।’

 

मन्त्री देउवाको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६ र वडा नम्बर ११ मा प्रदेश सरकारद्वार निर्माणाधिन सडक, पुल, कल्भट लगायतका योजनाहरुको अनुगमन गरेको छ । सो अवसरमा समन्धित वडाका वडा अध्यक्षहरुले अब आवश्यक योजनाका बारेमा मन्त्रीलाई माग समेत गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.