अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ को एकता महिला सामुदायिक वनबाट धमाधम माटो उत्खनन् भइरहेको छ। सडक निर्माणको नाममा सामुदायिक वनबाट अबैध रुपमा माटो उत्खनन् गर्ने काम भइरहेको हो।
सामुदायिक वनको करिब एक किलोमिटर क्षेत्रमा सडक बनाउँदै माटो अन्यत्र लाग्ने काम भइरहेको छ। सामुदायिक वनका पदाधिकारी, स्थानीय र केही दलका कार्यकर्ताहरूको मिलेमतोमा वनमा गल्छी काटेर माटो उत्खनन् गर्ने काम भइरहेको हो। एक्स्काभेटर, टिपर र ट्याक्टर लगाएर मनलाग्दी रुपमा ठुलो परिमाणमा माटो उत्खनन् हुँदै आए पनि नियमन कहिँकतैबाट नभएको एक स्थानीयले गुनासो गरे। उनले ठेकदारबाट पैसा खाएर वनको माटो बिक्री गर्ने काम भएको बताए।
एकता सामुदायिक वनमा गैरकानुनी रुपमा एक्स्काभेट र टिपर लगाएर केही दिनदेखि माटो उत्खनन् भइरहेको हो। करिब एक किलोमिटर क्षेत्रको वनको अग्लो भाग खन्ने र माटो अन्यत्र लग्ने काम भइरहेको हो। गैरकानुनी रुपमा वनका रुख ढाल्ने र वन क्षेत्रको माटो पैसा खाएर बिक्री गर्ने काम भइरहेको स्थानीय धनराज जोशीले बताए।