भ्रष्ट्राचार अन्त्यका लागी अत्तरियामा स्वस्फुर्त रुपमा युवाहरुद्वारा सडकमा प्रदर्शन

अत्तरिया : अत्तरियामा भ्रष्ट्राचारको अन्त्यका लागी युवाहरु सडकमा उत्रिएका छन । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा भ्रष्ट्राचार विरुद्ध स्वस्फुर्त युवाहरुको समुह सडकमा प्रदर्शन गरेका हुन ।

देशमा बढीरहेको भ्रष्ट्राचारको अन्त्यका लागी सरकारलाई दवाव दिन प्रदर्शन गरिएको युवाहरुले बताएका छन् । भ्रष्ट्राचार गरेर देशलाई आर्थिक संकटमा पार्नेहरुलाई कारबाही गरिनुपर्ने बताए । अत्तरिया चौराहामा आधा घण्टा गरिएको प्रदर्शनमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।
सहभागीहरुले हाम्रो सडक आन्दोलन निष्पक्ष न्यायलाई सघाउन भ्रष्ट्राचारी भगाउन, भ्रष्ट्राचारी देशलाई भारी, किन पक्ष विपक्ष निर्णय गरौ निष्पक्ष, नक्कली भुटानी काण्ड सक्कली तरिकाले छानविन होस, हिम्मतको लागी आभारी खुट्टा कमाए खबरदारी, भ्रष्ट्राचारी धपाऔ देशलाई बचाऔ लगायतका नारा लेखिएका पम्पलेटहरु बोक्दै सडकमा उत्रिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.