गोदावरीमा बंगुर वितरण गरिने, एक किसानलाई २ वटा वंगुर

अत्तरिया : भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत कैलालीको गोदावरी नगरपालिका– ६ मा १५० बंगुरका पाठा पाठी वितरण गरिने भएको छ ।
बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत वडामा किसानहरुलाई बंगुरका पाठा पाठी वितरण गर्न लागिएको जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीले बताईन् ।
पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बंगुर पालन गर्नका लागि किसान छनोट गरिसकिएको बताइन् । उनले वडामा अधिकांस किसान चौधरी समुदायको बसोवास रहेकाले बंगुर पालन कार्यक्रम संचालन गरिएको बताइन । एक जना किसानलाई २ वटा वंगुर वितरण गरिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.