मुख्यमन्त्री शाहले फेरि भने, सरकारले छिट्टै पूर्णता पाउँछ

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । यस अघि पनि मुख्यमन्त्री शाहले सरकारले चाडौ नै पूर्णता पाउने बताएका थिए ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँ । त्यो महसुस हामीले पनि पुगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’ उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताए । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन् । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्नेसमेत बताएका छन् । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.