अत्तरियामा ट्राफिक प्रहरीले जरिवान काट्न थालेपछि बिवाद

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा ट्राफिक प्रहरीले सडक किनारामा रोकिएका सवारी साधनलाई जरिवाना तिराएपछि बिवाद भएको छ । अत्तरियाको पहाड रोडमा रोकिएको एक जीपबाट प्रहरीले १ हजार जरीवाना तिराएपछि बिवाद भएको हो ।

सुपप्र ०४००१ च ००५० नम्बरको जीपलाई प्रहरीले जरिवाना तिराएपछि भएको वादविवादले उग्र रुप लिएको थियो । स्थानीयले अन्य सवारी साधन सडकमा राखिदा कुनै जरिवाना नलिएको तर, सो जीपलाई मात्रै निसाना बनाएको भनेर विरोध जनाएका थिए ।

सर्भिस लेनमा रोकिएको उक्त जीपका चालक खाना खान होटलमा पसेका थिए । होटलबाट खाना खाएर आउने बितिकै प्रहरीले जरिवाना तिराएपछि स्थानीयले मुख्य सडक भन्दा भित्र रोक्दा पनि किन जरिवाना तिराएको भनेर बिरोध जनाएका थिए । विवादका बीच प्रहरीले बढी बोलेको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका इन्सपेक्टर बासु देव भट्टले ट्राफिक प्रहरी संग विवाद गरेपछि एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.