सडककका पुश चौपायाको औषधी गर्दै युवाहरुको समुह

अत्तरिया : सडकका पेटीमा अलपत्र रहेका चोट पटक लागेका बिरामी पशु चौपायाहरूको महेन्द्रनगरमा स्थानीय युवाहरूको समूह ‘आई केयर यु’ ले निःशुल्क औषधि उपचार सेवा गरिरहेको छ । सडकमा गुडिरहेका सवारी साधनले ठक्कर दिएर घाइते भएका, मानिसहरूले लठ्ठी, ढुङ्गा प्रहार गरेका तथा अन्य रोगबाट ग्रसित पशु चौपायाहरूलाई सो समूहले उनीहरूको उपचार गरी निको पार्दै आएको छ ।

विगत १३ वर्ष देखी संस्थाले निरन्तर पशु चौपायाहरूको उपचार गरी निको पार्दै पाएको समुहका संस्थापक मन्जु शाहीले बताइन । अहिले उक्त समुहमा मन्जु शाही, विष्णु पनेरु, सुरज कुवर, सरिता रावल, रबिन उपाध्याय लगायतका युवाहरू निरन्तर पशु चौपायाहरूको उपचार गर्ने कार्यमा खटिने गरेका छन् ।

समुहले वर्षभरी कपडा जम्मा गरेर प्रत्येक साल दसैँ र तिहारको बेला गरिबहरूलाई बाँड्ने गरेको समेत शाहीले बताइन। जन्मदिन, विवाह, आदिमा दान स्वरूप मिलेको सहयोगबाट आर्थिक खर्च धानेको र स्थानीय सरकारबाट कुनैपनि सहयोग नमिलेको उनले बताइन। उनले भनिन, जन्मदिन, विवाह आदीबाट स्वरूप मिलेको सहयोगबाट हामीहरूले आर्थिक खर्च धानेका छौँ, हामीलाई स्थानीय सरकारबाट कुनैपनि सहयोग मिलेको छैन् ।

बेसहाराको सहारा बन्न पाएकोमा आफू निकै खुशी भएको तथा सदैव समाज सेवा गरिरहने उनले बताइन। सडकमा सास्ती खेपिरहेका पशु चौपाया र अन्य जनावरको औषधोपचार तथा संरक्षणका लागि ‘आई केयर यु’ समूहलाई विभिन्न व्यक्तिहरूले देश तथा विदेशबाट समेत आर्थिक सहयोग गर्दै आएको समेत उनले बताइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.