गोदावरी नगरपालिका वडा नम्बर १ को वडा भेला सम्पन्न

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको छ । बुधबार मेयर विरेन्द्र भट्टको प्रमुख आथित्यतामा वडा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर १ ले आर्थीक बर्ष २०८०\८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । ७ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
सार्वजनिक गरेको तथ्यांक अनुसार अनुसार नगरबाट समानिकरण बजेट ८० लाख र सुत्रमा आधारीत बजेट ३० लाख ३९ हजार ४८३ गरी जम्मा १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँ विनियोजन गरिएको छ । ‘यस वडा अन्तर्गत वस्ती स्तरको टोल भेला संचालन गर्ने क्रममा करिब १८० वटा योजना प्रस्ताव फारम भरी योजना माग भई आएको यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु’ वडा अध्यक्ष भट्टले भने ‘उक्त योजना तथा कार्यक्रमहरु मध्ये वडा स्तरबाट संचालन हुने योजना तथा कार्यक्रमहरु वडा स्तर बाटै प्राथमिकिकरण गरी उक्त कार्यक्रमलाई समावेस गरीएको र वडा स्तरमा समावेस नभएका योजनाहरुलाई नगरपालिका, प्रदेश तथा संघमा पठाउने व्यहोरा यस गरीमामय सभामा अवगत गराउन चाहन्छु ।’

वडाको निति तथा कार्यक्रमहरु सबैभन्दा बढी बजेट पुर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । पुर्वाधार विकास तर्फ वडाले ७५ लाख बजेट विनियोजना गरेको छ । जस अन्तरगत सडक कालेपत्रे तथा ग्राभेल, नदी नियन्त्रण, ढल निकास र कल्भर्टका कार्यक्रम रहेका छन् । वडामा सामाजिक विकास तर्फ १२ लाख ५० हजार बजेट छुट्याएको छ । जसमा शिक्षा, स्वास्थ्य, सस्कृति प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेसीकरण, युवा, महिला तथा बालवालिका विकास कार्यक्रम र दलित, आदिवासी, जनजाती, मधेसी, मुस्लिम तथा पिछडा वर्ग कार्यक्रम रहेका छन् ।

वडाले आर्थिक बिकास तर्फ १२ लाख ९४ हजार बजेट विनियोजन गरेको छ । जस अन्तरगत कृषि उद्योग तथा वाणिज्य, पशुपंछि विकास, पर्यटन, गरीवी न्यूनिकरण, उद्यम विकास, सिपमुलक तथा आय मुलक कार्यक्रम र सिचाई कार्यक्रम रहेका छन । वडाले वातावरण तथा विपद व्यवस्थापन तर्फ १ लाख शुसाशन तथा संस्थागत बिकास तर्फ ८ लाख ९५ हजार ४८३ रुपैयाँ विनियोजन गरेको वडा अध्यक्ष भट्टले बताए । उनले वडाले तयार पारेका योजना तथा कार्यक्रम बन्द सत्रबाट पारीत गरेर नगर सभामा पठाइने बताए ।

वडा अध्यक्ष गोपाल भट्टको अध्यक्ष्तामा भएको कार्यक्रममा नगरको उप–प्रमुख शारदादेवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्त रोकाया लगायतको उपस्थिति रहेको थियो ।
वडा सदस्य गम्भीर साउँदले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव कुन्ता भण्डारीले गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.