धनगढीमा हुने पूर्वराजा शाहको नागरिक अभिनन्दनको तयारी सकीयो

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।

पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयोजक जयन्त चन्दले बताए। नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्वराजपरिवार धनगढी पुग्ने कार्यक्रम रहेको छ। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको समारोहका संचार संयोजक जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए।

जेठ ६ गते सुदूरपश्चिमका हजारौँ मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने उनको दाबी छ। समारोहमा कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नागरिकको सहभागिता रहने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.