कांग्रेस कैलाली जिल्ला सम्मेलनको तयारी तिब्र

अत्तरिया, ३ जेठ : नेपाली कांग्रेस कैलाली जिल्ला सम्मेलनको तयारी तिब्र पारिएको छ । कैलारी गाउँपालिका वडा नम्बर ४ भितरियामा हुने सम्मेलनको तयारी तिब्र पारिएको हो । सम्मेलन हुनेस्थलमा मञ्च निर्माण कार्य भईरहेको छ ।
यही जेठ ५ गते सम्मेलन हुँदैछ । सम्मेलनको पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन्
१४ औं महाधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन हुन लागेको काँग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले बताए । सम्मेलनमा कैलालीका विभिन्न स्थानीय तहबाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.