धनगढी,४ जेठ :सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कंचनपुरमा प्रदेश सरकारले संचालन गरिरहेका आयाेजनाहरुकाे अनुगमन गरेका छन । बिहिवार मन्त्री देउवा नेतृत्वकाे टाेलीले कंचनपुरकाे महाकाली पारि रहेकाे दाेधारा चाँदनी नगरपालिका जाेडने सडक पुलकाे अनुगमन गरेका हुन । प्रदेस सरकारकाे लगानीमा निर्माण हुनलागेकाे उक्त पुल निर्माण सम्पन्न पछि महाकाली पारीका बासिन्दालाई महेन्द्रनगर आवत जावतमा सहज हुनेछ । दाेधरा चाँदनी नगरपालिका वडा नम्बर ८ बाँसघारी सुन्दरनगर जाेडने पक्की पुलकाे अब निर्माण कार्य तत्काल अघि बढाउने मन्त्री देउवाले बताए । उनले अब तत्काल निर्माण कार्य अघि बढाई सम्झाैता अबधि भित्रै निर्माण सम्पन्न गर्ने समेत बताए । त्यस लगायत कंचनपुरमा प्रदेस सरकार द्वारा संचालित अन्य याेजनाहरुकाे पनि मन्त्रीकाे टाेलीले अनुगमन गरेकाे छ । याेजनाहरुकाे अनुगमन पछि मन्त्री देउवाले भने- हरेक याेजना सम्झाैताकाे अबधि भित्रै सम्पन्न हुनुपर्छ, कुनै पनि बहानामा याेजनामा ढिलाई गर्न पाईदैन । याेजनाकाे प्रगती हेरेर निर्माण ब्यबसायीलाई पुरष्कृत गरिने समेत मन्त्री देउवाकाे भनाई छ ।
