अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरपालिका क्षेत्रमा स्थापना हुने गरी प्रदेश स्तरिय आइटी कलेजको प्रयास भईरहेको बताएका छन् । बिहिबार वडा नम्बर २ को वडा भेलामा बोल्दै नगरप्रमुख भट्टले गोदावरी नगरपालीकामै स्थापनाको अवधारणा अघि बढाईएको बताएका हुन् । आफ्नो कार्यकालमा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा गएका बेला भारत सरकारको सहयोगमा कैलालीमा आइटी केलज बन्ने कुरा भएको थियो भट्टले भने त्यसको अहिले पहल भईरहेको छ । गेटा मेडिकल विश्वविद्यालयका निर्देशक हेमराज पुजारालाई त्यस्को जिम्मेवारी दिईएको पनी भट्टले कार्यक्रममा जानकारी गराए । पुजाराको नेतृत्वमा तीन सदस्यीय समिति बनीसकेको उनले बताए ।
वडाभेलामा आफ्नो भनाई राख्दै भट्टले गोदावरीमा रुख काट्नुपर्ने भएकै कारण प्रदेश राजधानीको कामले गति नपाईरहेको भएमा वडा नम्बर ३ को चौकिडाँडामा करिब ८० विघा जमीन उपयुत्त रहेको बताए । त्यसतर्फपनी कुरा गरीने उनले बताए । नगरका १२ वटै वडामा खेलमैदान आवश्यक रहेको भन्दै उनले १२ ओटाखेलमैदानको खेल मैदानको अवधारणा नगरले लिएको बताए । नगरको एउटामात्रै अस्पतालका रुपमा रहेको मालाखेती अस्पतालको स्तरोन्नती निरन्तर गरीने भन्दै उनले नगरपालीकाको वैठकबाट मालाखेती अस्पताललाई ५० शैयाको अस्पतालमा परिणत गर्ने र प्रदेशको जिम्मा लगाउने निर्णय भएको बताए । त्यसो भएमा व्यभार प्रदेशलाई जाने र सेवा गोदावरी नगरबासीले पाउने उदेशयसहित उत्त निर्णय भएको उनले बताए । बजेट कम भएका कारण पछील्लो समय बालबालीका कुलतमा लाग्नेक्रम बढेको प्रति चिनता व्यत्त गर्दै उनले अभिभावक पनी त्यसतर्फ चनाखो बन्नुपर्ने बताए । जेष्ठनागरिकसंग मेयर कार्यक्रमबाट थुप्रै जेष्ठनागरिकहरु लाभान्वीत भएको बताँउदै भट्टले कृषीका विषयमा पनी नगरपालीकाले विविध कार्यक्रम गरीरहेको र उपलब्धी हेरेर आगामी थप गर्ने बताए । गोदावरी नगर क्षेत्रभित्र रहेको विधुतीकरणको समस्या पहलकालागी पनी प्रयास भईरहेको भट्टले बताए ।